दफा १५
व्यापार मौज्दातको लागतको खर्च कट्टी
(१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनका लागि सो वर्षमा सो व्यक्तिको व्यवसायको व्यापार मौज्दातको निर्सगका सम्बन्धमा उपदफा (२) बमोजिम गणना गरिएको लागतको खर्च कट्टी (एलाउन्स) बाहेक अन्य कुनै पनि खर्च कट्टी गर्न पाउने छैन ।
(२) उपदफा (१) बमोजिमको लागतको खर्च कट्टीको गणना देहाय बमोजिम खण्ड (क) को रकमबाट खण्ड (ख) को रकम घटाई गर्नु पर्नेछ:-
(क) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको शुरु मूल्यमा सो वर्षमा सो व्यवसायबाट प्राप्त गरिएको व्यापार मौज्दातको लागत जोडी हुने रकम,
(ख) खण्ड (क) बमोजिमको आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्यको रकम ।
(३) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको सुरु मूल्य गत आय वर्षको अन्त्यको सो व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्य हुनेछ ।
(४) देहायमा उल्लिखित रकममध्ये जुन घटी हुन्छ त्यसलाई सो आय वर्षको व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्य मान्नु पर्नेछ:-
(क) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्दातको लागत, वा
(ख) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्दातको बजार मूल्य ।
(५) कुनै व्यक्तिले व्यवसायको व्यापार मौज्दातको लागतको गणना गर्दा दफा ४५ र उपदफा (६) को अधीनमा रही देहाय बमोजिम गर्नु पर्नेछः-
(क) व्यवसायको आय गणना गर्दा नगद आधारमा लेखा राखे व्यक्तिको हकमा परल लागत वा खपत लागतको तरिका प्रयोग गरेर, र
(ख) व्यवसायको आय गणना गर्दा एक्रयल आधारमा लेखा राख्ने व्यक्तिको हकमा खपत लागतको तरिका प्रयोग गरेर ।
(६) कुनै व्यक्तिको व्यवसायको व्यापार मौज्दात यकीन गर्न नसकिने भएमा त्यस्तो व्यक्तिले पहिलो प्राप्ति पहिलो निष्काशन तरिका वा भारित औसत लागत तरिकाबाट व्यापार मौज्दातको लागत गणना गर्न छनौट गर्न सक्नेछ ।
(७) उपदफा (५) बमोजिम व्यापार मौज्दातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछ:-
(क) खपत लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्दातको लागत गणना गर्ने ।
(ख) परल लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्र्तगत प्रत्यक्ष सामाग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको परिवर्तनशील शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्दातको लागत गणना गर्ने ।
(८) उपदफा (६) बमोजिम व्यापार मौज्दातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछ:-
(क) भारित औसत लागतः तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत व्यवसायमा रहेका उही किसिमका सबै व्यापार मौज्दातको भारित औसत लागतको आधारमा गणना गर्ने ।
(ख) पहिलो प्राप्ति पहिलो निष्काशन तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्र्तगत पहिले प्राप्त भएको व्यापार मौज्दात पहिले नै निसर्ग हुन्छ भन्ने आधारमा गणना गर्ने ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि,-
(क) “प्रत्यक्ष श्रम लागत” भन्नाले व्यापार मौज्दातको उत्पादनसँग प्रत्यक्ष रुपमा सम्बन्धित श्रम लागत सम्झनु पर्छ ।
(ख) “प्रत्यक्ष सामग्री लागत” भन्नाले व्यापार मौज्दातको अभिन्न अङ्गको रुपमा भएको वा हुने सामग्रीको लागत सम्झनु पर्छ ।
(ग) “कारखानाको शिरोभार लागत” भन्नाले प्रत्यक्ष श्रम र प्रत्यक्ष सामग्री लागत बाहेक व्यापार मौज्दातको उत्पादन गर्न लागेको कुल लागत सम्झनु पर्छ ।
तर कारखानाको शिरोभार लागतमा मर्मत तथा सुधार र हास कट्टी बापतको कुनै रकम समावेश हुने छैन ।
(घ) “परिवर्तनशील कारखाना शिरोभार लागत” भन्नाले व्यापार मौज्दातको उत्पादित परिमाणको परिवर्तनसँगै प्रत्यक्ष रुपमा परिवर्तन हुने कारखाना शिरोभार लागत सम्झनु पर्छ ।
तर परिवर्तनशील कारखाना शिरोभार लागतमा मर्मत तथा सुधार र हास कट्टी बापतको कुनै रकम समावेश हुने छैन ।